पर्सामा एटीएम मेसिनको ढोकाको सिसा तोडफोड गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित लिंक रोडमा रहेको एनआइसी एसिया बैंकको एटीएमको ढोकाको सिसा तोडफोड गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–५ मानेपुर भेलाहा बस्ने २९ वर्षीय राम सुगम मुखिया र २८ वर्षीय नागेन्द्र मुखिया रहेका छन्।
उक्त एटीएमको ढोकाको सिसा तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया