ad ad

अपराध


डलर साट्ने बहानामा ठगी गर्न खोज्ने प्रहरीको फन्दामा

डलर साट्ने बहानामा ठगी गर्न खोज्ने प्रहरीको फन्दामा

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १५:८, काठमाडौँ

वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट आएका व्यक्तिलाई डलर साट्ने बाहनामा ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा काठमाडौंको नयाँ बसपार्कबाट दुई जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा गुल्मी ईस्मा गाउँपालिका–६ घर भइ हाल काठमाडौं नयाँबसपार्क बस्ने ३३ वर्षीय प्रदिप कुमाल र सोही ठाउँ बस्ने ३४ वर्षीय दिपक कुमाल रहेका छन्। 

ओमनबाट आएका व्यक्ति घर जाने क्रममा नयाँबसपार्कमा बसको प्रतिक्षा गरिरहेको अवस्थामा उनीहरूले डलर साट्ने बाहना पारी ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूको साथबाट पैसाको आकारमा रहेको कागजको बिटो तथा नेपाली १२ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .