अपराध


साउदीले सुनेन नेपालको आग्रह, दाहाललाई दियो मृत्युदण्ड

साउदीले सुनेन नेपालको आग्रह, दाहाललाई दियो मृत्युदण्ड

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १०:०, काठमाडौँ

१५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई साउदी अरब सरकारले मृत्युदण्ड दिएको छ। नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गर्दै साउदी अरबको सरकारले दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो। 

दाहालको शवलाई परिवारको सहमतिबिनै दफन गरिएको छ। उनलाई मृत्युदण्ड दिइएको ४८ घन्टापछिमात्र नेपाली दूतावासलाई सूचना दिइएको हो। 

दाहालले मोरङका आफन्त राजेन्द्र विष्टको सन् २००७ सालमा हत्या गरेका थिए। सो घटनामा घाइते भएका सुडानी नागरिकको दुवै आँखामा क्षति पुगेको थियो ।

साउदीसहित प्रमुख गन्तव्य मुलुकमा कम्तीमा १० नेपालीले मृत्युदण्डको सजाय पाइसकेका छन्। विभिन्न अपराधमा सजाय पाएका झन्डै ५ सय नेपाली जेलमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad