अपराध


ललितपुरको सुनाकोठीमा एक जनाको हत्या

ललितपुरको सुनाकोठीमा एक जनाको हत्या

अभियुक्त : राजेन्द्र राई


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १०:४८, काठमाडौँ

ललितपुरको सुनाकोठीमा एक जनाको हत्या भएको छ।

सोमबार साँझ साढे ७ बजेतिर खोटाङको साकेला गाउँपालिका १ घर भई सुनाकोठीमा बस्ने ३८ वर्षीय रामचन्द्र राईको हत्या भएको हो। 

ललितपुर महानगरपालिका २७ स्थित टीका महर्जनको जस्ताको टहरा भाडामा लिई बस्ने ४१ वर्षीय राजेन्द्र राईले सोही टहराको अर्को कोठामा बस्ने रामचन्द्रको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। 

रामचन्द्रले हेपेर बोलेको र श्रीमतीलाई पनि मुख छाडेर बोलेकाले हत्या गरेको राजेन्द्रले प्रहरीलाई बताएका छन्।

हत्यामा संलग्न राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए। शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .