अपराध


लजको कोठाभित्र गोप्य भिडियो रेकर्ड गर्ने म्यानेजर पक्राउ

लजको कोठाभित्र गोप्य भिडियो रेकर्ड गर्ने म्यानेजर पक्राउ

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १५:४७, काठमाडौँ

काठमाडौंको बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर लजमा बस्न आउने पाहुनाको गोप्य भिडिओ बनाएको आरोपमा पक्राउ परेका छन्। 

लजका म्यानेजर ४२ को मुकेश मालीले सो लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडिओ रेकर्ड गर्ने गरेको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा कात्तिक २ गते प्रहरी बृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृत सहितको टोली उक्त लजमा पुगी उनको साथमा रहेको मोबाइल फोन नियन्त्रणमा लिई चेक जाँच गर्दा मोबाइल फोनमा गेष्‍ट हाउसमा बस्ने गरेका विभिन्न ब्यक्तिहरुका रेकर्डेड भिडिओ फेला पारेको थियो।

त्यसक्रममा उनलाई मोबाइल फोनसहित तत्काल नियन्त्रणमा लिइएको थियो। 

प्रहरीले उनको साथबाट अश्लिल भिडिओ रेकर्ड गरिएको आइफोन १२ प्रो म्याक्स बरामद गरेको छ।

पक्राउ परेका मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भई प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad