अपराध


नेपालमा बसेर हुन्डी कारोबारमा संलग्न भारतीय नागरिकविरुद्ध मुद्दा

नेपालमा बसेर हुन्डी कारोबारमा संलग्न भारतीय नागरिकविरुद्ध मुद्दा

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १६:१०, काठमाडौँ

राजस्व अनुसन्धान विभागले नेपालमा बसेर हुन्डी कारोबारमा संलग्न भारतीय नागरिकविरुद्ध मुद्दा दायर गरेको छ। 

राजस्थान भारत घर भई काठमाडौं बिजुलीबजार बस्दै आएका राजेन्द्र अग्रवालविरुद्ध मुद्दा दायर गरिएको हो। उनले नरदेवी जय श्री खाटु इन्टरनेशनलको नाममा व्यवसाय गर्ने भनी ७४ लाखको हुन्डी कारोबार गरेको फेला परेको हो। 

सो रकम बरामद भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रकमको स्रोत खुलाउन नसकेको भन्दै उनलाई विभागमा बुझाएको थियो। 

सोसँगै सोही रकम बिगो तोकी विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad