सामाजिक सञ्जाल भाइबर मार्फत् नाबालिकालाई दुःख, हैरानी तथा अपमान गरेको अभियोगमा प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत मोतिहारी चिरैया सेनवरिया घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने १९ वर्षीय मोहम्मद रमीज राजा रहेका छन्।
राजाले नाबालिकाको तस्बिर इडिट गरी बनाएको अश्लिल भिडिओ भाइबर मार्फत् पठाई डर त्रास देखाई नाजायज फाइदा लिन खोजेको प्रहरीले जनाएकाे छ।
उद्देश्य पुरा नहुने भएपछि उक्त भिडियो सार्वजनिक गरीदिने भनि नाबालिकालाई मानसिक यातना तथा दुःख हैरानी दिएको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो।
यसैगरी सामाजिक सञ्जाल इन्स्टाग्राम तथा बिगो मार्फत् महिलालाई ब्ल्याकमेल गरी मानसिक यातना तथा दुःख हैरानी दिएको अभियोगमा ताप्लेजुङ फुङ्लिङ नगरपालिका–४ घर भइ काठमाडौं महानगरपालिका–६ बौद्ध भृकुटीचोक बस्ने ३२ वर्षीय जेम्स तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
इन्सटाग्राम तथा बिगो मार्फत् ती महिलालाई विभिन्न प्रलोभन देखाई अश्लिलता प्रदर्शन गर्न बाध्य पारी सोको स्क्रिनसट लिई आर्थिक लाभका लागि सामाजिक सञ्जालमा प्रसारण गरिदिने भन्दै ब्ल्याकमेल, मानसिक यातना तथा दुःख हैरानी दिएकाे आराेपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरू उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया