अपराध


बुद्धनगरस्थित डेराबाट २ महिनाअघि चोरिएका सामानसहित भारतीय नागरिक पक्राउ

यी हुन् बरामद सामान
बुद्धनगरस्थित डेराबाट २ महिनाअघि चोरिएका सामानसहित भारतीय नागरिक पक्राउ

बरामद चोरीका सामान


नेपालखबर
साउन १५, २०७९ आइतबार १३:२३, काठमाडौँ

काठमाडौं–१०, बुद्धनगरस्थित रोशन भण्डारीको डेराकोठाबाट गत जेठमा चोरी भएका सामानसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

गत जेठ ९ गते राति भएको चोरीको अनुसन्धान गर्ने क्रममा चोरीका सामान हो भन्ने जान्दाजान्दै खरिद गरेको अभियोगमा प्रहरीले यही साउन १३ गते साँझ ललितपुरको बालकुमारीबाट भारतीय नागरिक २९ वर्षीय सुनिलकुमार जैसवाललाई पक्राउ गरेको हो। भारतको मोतीहारी जिल्ला घोडासान थाना पूर्वी चम्पारम घर भएका जैसवाल ललितपुर बालकुमारीमा कवाड पसल सञ्चालन गर्छन्। 

उनले कवाडी संकलन गर्ने व्यक्तिहरूबाट चोरीका सामान खरिद गरेको खुल्न आएको अपराध महाशाखाले जनाएको छ। उनीबाट  चाँदीका गहना २५१ तोला, सुनका गहना ९ ग्राम, विभिन्न ब्रान्डका टीभी ३ थान, चरेशका थाल ८, चरेशको गाग्री १, चरेशको कचौरा ५, करुवा १ थान बरामद गरिएको अपराध महाशाखाले जनाएको छ।

यसैगरी मोबाइल २ थान, घडी १ थान कब ट्र्याक लाइट ४ थान, पानी तान्ने मेसिन १, तामाको घैला १, खुकुरी १ थान, नेपाली रुपैयाँ १५ हजार र विभिन्न देशका नोट २६ थान बरामद गरिएको प्रहरीले जनाएको छ। 

सामानसहित पक्राउ परेका जैसवाललाई प्रहरी वृत्त (बानेश्वर) को हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको छ।  

उनलाई चोरीका सामान बेच्ने व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .