ad ad

खेल


महिला युरोकपको फाइनलमा इंग्ल्याण्ड र जर्मनी भिड्दै

महिला युरोकपको फाइनलमा इंग्ल्याण्ड र जर्मनी भिड्दै

नेपालखबर
साउन १५, २०७९ आइतबार १३:१८, काठमाडौँ

महिला युरोपेली च्याम्पियन्सिपको फाइनलमा आइतबार राति इंग्ल्याण्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदै छ। नेपाली समयअनुसार राति पौने १० बजे खेल सुरु हुनेछ। 

समूह ए को विजेताको रुपमा  सेमिफाइनलमा पुगेको घरेलु टोलीले सेमिफाइनलमा स्वीडेनलाई पाखा लगाएको थियो। समूह बीको विजेता जर्मनीले सेमिफाइनलमा फ्रान्सलाई हराएको थियो।  

यसअघि सन् २००९ मा भएको महिला युरोकपको फाइनलमा जर्मनीले इंग्ल्याण्डलाई ६–२ ले हराएको थियो। जर्मनीले आठपटक महिला युरोकपको उपाधि जितिसकेको छ। 

यसअघि दुईपटक युरोकपको फाइनलमा पुगेको इंग्ल्याण्डले उपाधि भने जित हात पारेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .