ad ad

अपराध


कञ्चनपुरमा चितुवाको छालासहित दुई जना पक्राउ

कञ्चनपुरमा चितुवाको छालासहित दुई जना पक्राउ

गोकुल जोशी
साउन १२, २०७९ बिहिबार १२:५१, कञ्चनपुर

कञ्चनपुरमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–३  देखतभुलबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ काडेकी ४० वर्षीया मालती मल्ल र वडा नं - ३ जोसिनाका २९ वर्षीय मोहन सार्की रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए।

प्रहरीले बरामद गरेको चितुवाको एउटा छाला ८ फिट ८ इन्च लम्बाइ र ३ फिट चौडाइ र अर्को छाला ७ फिट २ इन्च लम्बाइ २२ फिट ८ इन्च चौडाइको रहेको छ।
 
प्रहरीकाअनुसार चितुवाको छाला देखतभुलि स्थित निरञ्जन मल्लको धानबारीमा भेटिएको थियो।

पक्राउ परेका दुवै जना निरञ्जनकै कुखुरा फार्ममा काम गर्ने कामदार हुन। 

चितुवाको छाला पहाडबाट ल्याएर लुकाएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .