ad ad

राजनीति


इन्जिनियरिङ विधेयक संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

इन्जिनियरिङ विधेयक संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

नेपालखबर
साउन १२, २०७९ बिहिबार १२:५७, काठमाडौँ

राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन विधेयक), २०७६’ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले उक्त विधेयकमाथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गरेका थिए।

त्यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘कारागार विधेयक, २०७६’ सभासमक्ष टेबुल गरेका थिए। 

यस्तै उनले नै राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको योगमाया ‘आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .