सामाजिक सञ्जाल फेसबुक तथा वाट्सएपमा वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुको नागरिकता र फोटो प्रयोग गरी मोबाइलको सिम निकालेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको हेटौँडा उपमहानगरपालिका–१७ का ४१ वर्षीय गोपी बजगाईं रहेका छन्।
उनले वैदेशिक रोजगारको लागि पोर्चुगलमा ग्यारेन्टीको साथ पठाइ दिन्छु, पोर्चुगलको लागि रु ११ लाख रकम लाग्छ, शुरुमा प्रोसेसिङ गर्न कुनै पनि शुल्क लाग्दैन। तपाईंहरुको कागजातहरु मात्र भए पुग्छ, भिषा आएपछि रकम तिर्नु पर्छ भनी म्यासेज तथा कल गरी विश्वास दिलाई निवेदकको सक्कल राहदानी, नागरिकता, सम्पत्ति विवरण कागज समेत लिने गरेको प्रहरीले जनाएको छ।
सोही नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखी मोबाइल बैकिङ सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको छ।
बजगाईंलाई प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार काठमाडौंको नयाँबानेश्वरमा फेला पारी पक्राउ गरेको हो। उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।
Shares

प्रतिक्रिया