कारोबार


‘जुन सरकार आए पनि अबको तीन/चार वर्ष विदेशी मुद्रा सञ्चितिमा दबाब रहन्छ’

‘जुन सरकार आए पनि अबको तीन/चार वर्ष विदेशी मुद्रा सञ्चितिमा दबाब रहन्छ’

नेपालखबर
असार १७, २०७९ शुक्रबार १७:२०, काठमाडौँ

अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.उप्रेतीले यस्तो बताएका हुन्। उनले पछिल्लो समय बैंकिङ कर्जा बिस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतको वृद्धि रहेको बताए। 

डा.उप्रेतीले कोरोना महामारीपछि अत्याधिक रुपमा वस्तु आयात भएकाले भुक्तानी सन्तुुलनमा घाटा भइरहेको बताए। उनले पछिल्लो ७ महिनादेखि लगातार विदेशी मुद्रा सञ्चिति गिरावट भइरहे पनि सरकारले आयात नियन्त्रण नीति लिएकोकारण नियन्त्रणमा रहको बताए। 

डा.उप्रेतीले मुद्रा सञ्चिति स्थिर हुनु भनेको सरकारले आयात नियन्त्रण गर्न लिएको नीति कार्यान्वयन भएको बुझ्नपर्ने जिकिर गरे। उनले चालू आर्थिक वर्षको असार मसान्तसम्म १९ सय अर्बको आयात हुनसक्ने बताए। डा.उप्रेतीले अबको तीन÷चार वर्षसम्म विदेशी मुद्रा सञ्चितिमा दबाब कायम नै रहने दाबी गरे। 

उनले भने, ‘सातै महिनासम्म विदेशी मुद्राको सञ्चिति घटेको छ। तर कन्ट्रोलमा छ। यसको अर्थ सरकारले आयात नियन्त्रण गरेर मुद्रा सञ्चिति घट्न नदिने नीति कार्यान्वयन भएको देखिन्छ। पछिल्लो समय कर्जा वृद्धिमा १९ प्रतिशत रहेको छ। यता निक्षेप संकलनको हेर्दा ५ प्रतिशत रहेको छ। सरकारले त्यहाँ एउटा ग्याप देख्छौँ। अहिले हाम्रो १२ प्रतिशतको ग्याप छ त्यो ग्याप भनेको तरलताको दबाब छ। त्यो १२ प्रतिशतको दबाब हो।’ 

उनले २८८ अर्बजतिको विदेशी मुद्राको बीओपी डेफोसिट रहेको बताउँदै दुईवटा सूचकले गर्दा अहिले अर्थतन्त्रमा समस्या परेको बताए। 

उनले थपे, ‘२८८ अर्बको बीओपी छ त्यो कोभिडपछि इन्पुटफाइनान्स धेरै बढ्यो। असार मसान्तसम्ममा १९ सय अर्ब जति आयात गर्छौं। अब जुनसुकै सरकार आए पनि अबको तीन/चार वर्षसम्म विदेशी मुद्रा सञ्चितिमा दबाब रहन्छ। तर गर्नसक्ने काम प्रशस्त छ गर्छ। त्यस्तो काम गर्न सरकार कम्मर कसेर लाग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad