अपराध


दाजुको हत्या आरोपमा भाइसहित दुई जना पक्राउ

दाजुको हत्या आरोपमा भाइसहित दुई जना पक्राउ

नेपालखबर
असार १०, २०७९ शुक्रबार १७:५६, सर्लाही

सर्लाही कबिलासी नगरपालिका–८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या गरेको अभियोगमा उनकै भाइ अमरकान्त ठाकुर र सोही ठाउँ बस्ने रुपेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ।

अर्गवा चोकबाट सलेमपुर नहरतर्फ जाने सडक नजिक कुलोमा अमरेन्द्र ठाकुरको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मंगलबार शव फेला परेको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा सोमबार बेलुकी अमरेन्द्र ठाकुर र अमरकान्त ठाकुरबीच बाद बिवाद भएको बिषयलाई लिएर अमर कान्त र उनको साथी रुपेशले अमरेन्द्रलाई मार्ने योजना बनाई खानपिनको व्यवस्था छ भनि बोलाई धारिलो हतियार र ढुंगाले शरीरको विभिन्न भागमा प्रहार गरी हत्या पश्चात शव उक्त कुलोमा फालेको खुल्न आएको छ।

उनीहरू उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत सर्लाहीबाट ७ दिन म्याद थप अनुमती प्राप्त गरी प्रहरीबाट अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .