ad ad

कर्पोरेट


एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

नेपालखबर
असोज १८, २०८१ शुक्रबार २०:१४, काठमाडौँ

एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन्। उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन्।

एनसेलले यस अवार्डलाई उनले सामाजिक क्षेत्रमा गरेका महत्त्वपूर्ण कार्य र ती कार्यको प्रभावको सम्मान भनेको छ। एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौँदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी लगायतका क्षेत्रहरूमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरूको प्रमाणका रूपमा एनसेलले अर्थ्याएको छ।

‘यो हाम्रो टिम एनसेलले गरेको सामूहिक प्रयासको नतिजा हो र हामीले गरेका सामाजिक पहलहरूले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुसी छौँ। एनसेल फाउन्डेसनको सुरुवातसँगै हामी सामाजिक पहलहरू मार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान गर्न र दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौँ,’ खड्काले भनिन् ।

एनसेलले देशभर एक सयभन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको छ। कोटेश्वर–कलङ्की १०.२ किलोमिटर रिङरोडको दुवैतिर गरिएको ल्यान्डस्केपिङ र हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयहरूमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरि सञ्चालन गरिएको एटीन फर एटीन (१८ का लागि १८) सामाजिक पहल एनसेलले कार्यान्वयन गरेका केही प्रमुख परियोजना हुन्।

आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन (१९ का लागि १९) सामाजिक पहलको पनि सुरुवात गरेको घोषणा गरेको छ। यसअन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको सामुदायस्तरमा कुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ।

एनसेलले विभिन्न सामाजिक पहलहरूमा २ अर्बभन्दा बढीको योगदान गरिसकेको छ।

वुमन्स ट्याब्लोइड अवार्ड्सले मुख्य रूपमा वुमन लिडर, चिफ एक्जिक्युटिभ अफिसरहरू, उद्यमीहरू र महिलाले सञ्चालन गरेका व्यवसायहरूको उल्लेखनीय उपलब्धिहरूको सम्मान गर्दछ। वुमन ट्याब्लोइड एउटा ग्लोबल बिजनेस म्यागेजिन हो, जसले विभिन्न उद्योगहरूमा महिलाले गरेको उपलब्धि, चुनौती र योगदानलाई उजागर गर्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .