ad ad

कर्पोरेट


जेइको जेसिक्स र ओमोडा ई–५ का एक सय युनिट एक दिनमा डेलिभरी

जेइको जेसिक्स र ओमोडा ई–५ का एक सय युनिट एक दिनमा डेलिभरी

नेपालखबर
असोज १८, २०८१ शुक्रबार २०:४६, काठमाडौँ

ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक, एसपीजी अटोमोबाइल्सले ‘जेइको जे सिक्स’ इलेक्ट्रिक एसयुभी र ओमोडाका एक सय युनिट डेलिभरी सफलतापूर्वक सम्पन्न गरेको छ।

पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स, नेपालमै पहिलो अफ-रोड इलेक्ट्रिक एसयुभी हो।

गत अगस्टमा नाडा अटो सोको अवसरमा सार्वजनिक गरिएको बहुप्रतीक्षित जेइको जेसिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफरोड डिजाइनका कारण छोटो समयावधिमा नै नेपाली ग्राहकको मन जित्न सफल भएको छ।

अफरोड ड्राइभिङमा रूचि राख्नेहरूले गत हप्ता आयोजित डर्ट-टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेइको जेसिक्सको शक्तिशाली अफ-रोड क्षमता प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न पाएका थिए। यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारा भूभाग सजिलै पार गर्न सक्छन् भन्ने कुरा पनि प्रमाणित भएको कम्पनीले जनाएको छ।

ओमोडा ई–५ सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ। 

जेइको जेसिक्स नेपालको चुनौतीपूर्ण अफरोड अवस्थाका लागि उपयुक्त हुने गरी डिजाइन गरिएकाले गर्दा यो नेपाली अफरोड पारखीहरूको लागि उचित रोजाइ बनेको छ।

२ हजार ७१५ मिलिमिटरको ह्विलबेस, १८ (वा १९) इन्चको ह्विल तथा २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स अफरोडको लागि उपयुक्त विशेषता मानिन्छ। चालकसहित ५ यात्रु क्षमता रहेको यस गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८-१२ स्पिकर इन्फिनिटि साउन्ड सिस्टम तथा इजि-क्लिनिङ डिजाइनसहितको इन्टेरियर रहेको छ। यसको साइड-हिन्ज्ड टेलगेटसँगै २६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ, जुन आपतकालीन अवस्था तथा सहज पहुँचका लागि उपयुक्त हुन्छ।

जे सिक्सले डे एन्ड नाइट रियर भ्यु  मिरर, ३६० डिग्री क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्यागजस्ता सुविधाहरूको साथ उच्चतम सुरक्षा प्रदान गर्ने पनि उत्पादक तथा वितरक कम्पनीहरूको दाबी छ।

जे सिक्स २ वटा भेरियन्टमा उपलब्ध छ। पहिलो भेरियन्ट, २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटर सहितको फोर-व्हिल-ड्राइभ र दोस्रो १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरियन्टमा उपलब्ध छ।

यो गाडी ६.५ सेकेन्डभित्रै १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .