जर्मनीको लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्युले आफ्नो प्रमुख स्पोर्टस एक्टिविटी भेहिकल (एसएवी) एक्स–७ को भारतीय बजारमा ल्याएको छ। यसको मूल्य ९८ लाख ९ हजार भारतीय रुपैयाँ रहेको छ।
कम्पनीले योसँगै आफ्नो सेडान कार ७ सिरिजको नयाँ सस्करण समेत सार्वजनिक गरेको छ। यो मोडलमा पेट्रोल र डिजल दुवै इन्जिन रहेको छ।
यसको मूल्य एक करोड २२ लाखदेखि १ करोड ३४ लाख भारतीय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। कम्पनीले ७ सिरिजको प्लगइन हाइब्रिड संस्करण समेत ल्याएको बताएको छ। यसको मूल्य पेट्रोल भेरिएसनतर्फ १ करोड ६५ लाख भारतीय रुपैयाँ रहेको छ भने डिजलतर्फ दुई करोड ४२ लाख रहेको छ ।
एक्स–७ बीएमडब्ल्यूद्वारा निर्मित अहिलेसम्मकै स्पोर्टस एक्टिभिटी भेहिकल रहेको छ। यो पेट्रोल संस्करण ३४० हर्सपावरको पावर जेनरेट गर्न सक्ने क्षमता रहेको छ।
यसमा शून्यदेखि १०० किमिको रफ्तारमात्र ६.१ सेकेन्डमै गति लिनसक्ने क्षमता रहेको छ। यस्तै डिजल संस्करणमा २५६ एचपीको पावर दिने छ भने ७ सेकेन्डमा शून्यदेखि १०० किमिको रफ्तार रहेको छ।
प्रतिक्रिया