लकडाउनका बीच भारतमा सर्वाधिक बिक्री हुने कार हुन्डाईको क्रेटा बनेको छ। मे महिनामा हचब्याक गाडीहरुलाई पछि पार्दै पहिलोपटक एसयूभी सेगमेन्टको क्रेटा सबैभन्दा बढी बिक्री भएको हो।
भारतीय बजारमा साना र कम्प्याक्ट कार बढी बिक्री हुँदै आएका थिए। तर पछिल्लो समय एसयूभी सेगमेन्टले ठूलो बजार हिस्सा ओगट्दै छ । पहिलो पुस्ताको क्रेटा भारतमा २०१५ मा लञ्च भएको थियो ।
लकडाउनले गर्दा अटो बजार लगभग ठप्प भएको अवस्थामा मे महिनाभरमा ३ हजार २ सय १२ गाडी खुद्रा बिक्री भएको इकोनोमिक्स टाइमले उल्लेख गरेको छ ।
अटो व्यवसायीहरुले क्रेटाले ग्राहकमा एसयूभी सेगमेन्टको राम्रो प्रभाव छाड्न सफल भएको बताएका छन्। दोस्रो सर्वाधिक बिक्री भने मारुतीको एरटिगा एमपीभी रहेको छ।
भारतीय बजारमा आगामी दिन साना गाडी तथा हचब्याकलाई पछि पर्दै एयसुभी सेगमेन्टले ठूलो बजार लिने विश्लेषण गरिएको छ ।
Shares

प्रतिक्रिया