कार


फक्सवागन भारतले सार्वजनिक गर्‍यो बीएस ६ मापदण्डको पोलो र भेन्टो

फक्सवागन भारतले सार्वजनिक गर्‍यो बीएस ६ मापदण्डको पोलो र भेन्टो

नेपालखबर
फागुन २२, २०७६ बिहिबार १०:३९,

फक्सवागन भारतले बीएस ६ मापदण्डको पोलो र भेन्टो कार सार्वजनिक गरेको छ।

भारतमा हाल बीएस ४ मापदण्डका गाडी उत्पादन हुँदै आएकोमा अप्रिलदेखि बीएस ६ मापदण्डका गाडी मात्रै उत्पादन गर्न पाइनेछ।

अब दुवै कार १.० लिटर पेट्रोल इन्जिनमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। फक्सवागन प्यासेन्जर कारका निर्देशक स्टेफन न्यापले फक्वागन जहिले पनि राम्रो प्रविधिका गाडी बजारमा ल्याइरहेको बताएका छन्।

Image result for bs6 vento by volkswagen

‘बीएस ६ भेरियन्टका पोलो र भेन्टो बजारमा ल्याउन पाउँदा हामीलाई गर्व छ। सरकारले अख्तियार गरेको नीतिअनुसार बीएस ४ बाट बीएस ६ मा गएका हौँ’, उनले भने।

भारतमा पोलोको मूल्य ५ लाख ८२ हजार भारु रहेको छ भने भेन्टोको ८ लाख ८६ हजार भारु राखिएको छ।

नयाँ १.० पेट्रोल मोटर ईए २११ इन्जिन फेमिलीअन्तर्गतको रहेको छ। उक्त इन्जिनले १०८ बीपीएच र १७५ एनएम टर्क जेनेरेट गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad