अर्थनीति


अमेरिकाबाट नेपालमा धेरै लगानी भित्र्याउँ : सल्लाहकार खतिवडा

अमेरिकाबाट नेपालमा धेरै लगानी भित्र्याउँ : सल्लाहकार खतिवडा

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १२:५०, काठमाडौँ

प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार डाक्टर युवराज खतिवडाले अमेरिकासँगको वैदेशिक व्यापार बढाउन अमेरिकाको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपालमा थप आकर्षण गर्न जरुरी रहेको बताएका छन्।

नेपाल गार्मेन्ट एशोसिएशन, नेपाल–यूएसए चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री र नेपाल कार्पेट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसनद्वारा बुधबार काठमाडौँमा संयुक्त रूपमा आयोजित ‘नेपाल–अमेरिका व्यापारः अवसर र चुनौतीहरू’ विषयक उनले अमेरिकासँगको व्यापार बढाउन त्यहाँबाट नेपालमा हुनसक्ने लगानी धेरैभन्दा धेरै भित्र्याउनुपर्ने बताए। 

‘यूएससँगको ट्रेड प्रोमोशन गर्ने र ट्रेड मार्केट खोज्ने हो भने यूएसको एफडीआइ प्रोमोट गर्नैपर्छ,’ खतिवडाले भने, ‘एफडीआइ प्रोमोट गर्दा भ्यालु चेन्जको इफेक्टबाट निर्यात बढ्ने भो। एफडीआइसँगै टेक्नोलोजि समेत आउने भो। ट्रेड कम्पिटिनेश पनि हाम्रो बढ्ने भो। यूएससँग बाइल्याक्टल इन्भेष्टमेन्ट (बीआईटी) मा हामी गयौँ भने त्यो ट्रेड रिलेशनबाट पाउने एडभान्टेज हामी लिनसक्छौं। त्यो भोलि लगानी बढाउँदै जाँदा डिटिए गर्नुपर्छ भने पनि त्यो पनि हामी अघि बढाउन सक्नुपर्छ।’

नेपालले आफ्नो द्विपक्षीय व्यापार सम्बन्ध गैर–पारस्परिक हुनुपर्ने तर्क गर्दै उनले नेपालले अल्पविकसित देशबाट विकासशील देशमा उन्नति गर्न लागेकाले अमेरिका र अन्य ठूला व्यापारिक साझेदारहरुलाई नेपालको अवस्था र नेपालबाट निर्यात हुने वस्तुहरूको लागि अनुकुल व्यवहारको आवश्यकताबारे विश्वस्त पार्नुपर्ने खतिवडाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad