अर्थनीति


महालेखापरीक्षक कार्यालयमा दुई लाख पृष्ठ बढी बेरुजुका चाङ

महालेखापरीक्षक कार्यालयमा दुई लाख पृष्ठ बढी बेरुजुका चाङ

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १९:२५, काठमाडौँ

महालेखापरीक्षक तोयम रायले कार्यालयमा दुई लाख पृष्ठभन्दा बढी बेरुजुका चाङ रहेको बताएका छन्। बिहीबार महालेखापरीक्षकको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले जनप्रतिनिधि मूलक संस्था संसद्लाई बेरुजुको वार्षिक प्रतिवेदन बुझाउने गरेको बताए। 

उनले कतिपय कानुनको त्रुटिका कारणले पनि बेरुजु हुने बताए  । गत आर्थिक वर्षमा भएको बेरुजु र सम्बन्धित मन्त्रालयमा हालसम्म भएका बेरुजुको प्रतिवेदन हरेक वर्ष बुझाउने गरेको उनको भनाइ छ। उनले गत आर्थिक वर्ष ७४६ वटै स्थानीय तहमा भएका बेरुजु कम्युटर प्रणालीबाट सार्वजनिक गरिएको बताए।

महालेखापरीक्षक रायले सरकारले नीतिमा कार्यक्रम राख्ने तर बजेट नछुट्याउने गर्दा पनि त्यो बेरुजुमा जाने बताए। उनले कतिपय नीतिहरूमा बजेटको व्यवस्था गरेर पनि सञ्चालन नहुने गरेको र कार्यक्रम सञ्चालन नहुँदा सम्बन्धित नागरिकले सेवा नपाउने मात्रै नभई लेखा परीक्षणमा पनि चुनौतीको विषय भएको उनको भनाइ छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad