अर्थनीति


मन्त्री खड्काले प्राधिकरणमा ल्याएका दुवै सञ्चालक टिकेनन्, केसीले पनि दिए राजीनामा

मन्त्री खड्काले प्राधिकरणमा ल्याएका दुवै सञ्चालक टिकेनन्, केसीले पनि दिए राजीनामा

नेपालखबर
फागुन ८, २०८१ बिहिबार २०:४८, काठमाडौँ

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्य लक्ष्मण केसीले पनि राजीनामा दिएका छन्। 

केसीले फागुन ५ गते राजीनामा दिएको स्रोतले बताएको छ।

यसअघि सञ्चालक बलबहादुर पराजुलीले पनि राजीनामा दिएका छन्। पराजुलीले माघ २७ गते व्यक्तिगत कारण ऊर्जामन्त्री दीपक खड्कालाई सम्बोधन गरी जनाउँदै पदबाट राजीनामा दिएका थिए। 

ऊर्जामन्त्री खड्काले दुवै जनालाई गत पुस २ गते सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए।

गत पुस २६ गते सञ्चालक समितिका अर्का सदस्य लक्ष्मण केसीलाई उच्च अदालत, पाटनले काम गर्न रोक लगाएको थियो। न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको इजलासले यो आदेश जारी गरेको थियो।

दुवै जनाले राजीनामा दिएपछि खड्काले दिएको नियुक्ति निरर्थक भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad