अर्थनीति


विप्लवको ‘सी व्यापार केन्द्र’मा पाइनेछ महदेखि गार्मेन्टका कपडासम्म

विप्लवको ‘सी व्यापार केन्द्र’मा पाइनेछ महदेखि  गार्मेन्टका कपडासम्म

नेकपाले संचालन गरेको सामूहिक खेतीको अवलोकन गर्न पुगेका नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको साथमा विप्लवः तस्बिरः नेकपा


नेपालखबर
पुस १६, २०८१ मंगलबार १५:२७, काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँ उपत्यकामा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ। 

गत मंसिर २७ देखि पौष २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले त्यस्तो निर्णय गरेको हो। 

नेकपाका स्थायी कमिटी सदस्य कर्णजित बुढाथोकी (शुशिल सी)ले उक्त व्यापार केन्द्र माघदेखि संचालनमा आउने बताए। 

काठमाडौँमै सञ्चालन गर्ने भए पनि ठाउँ भने अझैं निश्चित नभइसकेको उनको भनाइ छ। ब्यापार केन्द्रमा नेकपाले उत्पादन गरेका सबै उत्पादन पाइने जानकारी उनले दिए।

‘हामीसँग देशैभर रहेको उत्पादनलाई व्यापार गर्नलाई सी व्यापार केन्द्र बनाउन खोजेको हो,’ बुढाथोकीले नेपालखबरसँग भने, ‘त्यसमा धान, मकै, आलु, मह, सिमी, मास, फापर, गार्मेन्टका कपडा लगायतका चिज पाइनेछ।’

अहिले मिनी मार्केट जस्तै हुने उनको भनाइ छ। 

विप्लव नेतृत्वको नेकपाले देशभर करिब १५० विघा क्षेत्रमा सामूहिक खेती गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad