ad ad

अर्थनीति


गभर्नरले आफूसँग निकट प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याउनुभयो : पूर्वमन्त्री पुन

गभर्नरले आफूसँग निकट प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याउनुभयो : पूर्वमन्त्री पुन

नेपालखबर
साउन २४, २०८१ बिहिबार १८:४७, काठमाडौँ

पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्र बैंकका गभर्नरले आफूसँग वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याएको देखिएको बताएका छन्।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यस्तो आरोप लगाएका हुन्। उनले गभर्नरले विगतमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई साथ नदिएको समेत आरोप लगाए। 

‘विगतमा शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई गभर्नरले सपोर्ट गर्नु भएन, प्रचण्डको नेतृत्वको सरकारलाई पनि गभर्नरले सपोर्ट गर्नुभएन,’ पुनले भने, ‘अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आएको हुनाले उहाँले खुकुलो गर्नुभएको आफ्नो ट्रेन्ड भन्दा विपरित खुकुलो नीति लिनुभयो।’

उनले धितोपत्र बजार बढ्नु राम्रो भएपनि पहिले नै सुधारका नीति लिन राष्ट्र बैंकले ढिला गरेको बताए। उनले शेयर धितो कर्जाको सीमा पहिले नै हटाउनुपर्ने भएपनि अहिले मौद्रिक नीतिमार्फत हटाउनु राम्रो जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .