रोयल एनफिल्ड मोटरसाकल बजारमा राखिएको तीन मिनेटभित्रै २ सय ५० युनिट बिक्री भएको छ। रोयल एनफिल्डले बजारमा सार्वजनिक भएको मोटरसाइकल क्लासिक ५००को भारतमा बिक्रीका लागि घोषणा गरेको थियो।
यसको बिक्री २५ जुलाईमा अनलाइन बुकिङका लागि खुल्ला गरिएको थियो। यो १ सय ८० सेकेन्ड (तीन मिनेट)मा यसको २ सय ५० वटा मोटरसाइकल बिक्री भएको कम्पनीले बताएको छ। रोयल एनफिल्डले विश्वबजारका लागि क्लासिक ५०० ल्याएको थियो र कम्पनीले यो मोडलको मोटरसाइकल एक हजार थान उत्पादन गरेको बताएको छ। यसको २५० युनिट भारतमै बिक्रीका लागि ल्याइएको थियो।
कम्पनीका अनुसार क्लासिक ५०० को आधार बनाएर नै भिन्टेज टच नयाँ उत्पादन गरिरहेको जनाएको छ। यो मोटरसाइकलमा धेरै परिवर्तन गरिएको छ। कम्पनीका अनुसार दोस्रो विश्वयुद्धका क्रममा प्रयोग भएको फ्लाइङ फ्ली मोटरसाइकलबाट प्रेरित भएर यो सीमित संस्करण बजारमा ल्याएको बताएको छ।
यो संस्करणको मोटरसाइकल १ सय ९० युनिट बेलायतमा बिक्री गरिने बताइएको छ। मोटरससाइकलमा ४ सय ९९ सीसीको एयर कूल्ड, सिंगल सिलिन्डर इन्जिन दिएको छ। यो बाइकले ५२ सय ५० आरपीएममा २७.२ बीएचपी पावर र ४१.३एनएम पिक टर्क जेनरेट गर्ने क्षमता राख्छ।
यस्तै, मोटरसाइकल तौल १ सय ९४ किलो रहेको छ। दुवै मोटरसाइकल ब्राउन हिलबार ग्रिप्स, एयरफिल्टरको साथमा लेदर स्ट्रिप र कालो साइलेन्सर रहेको जनाइएको छ। यसको मूल्य २ लाख ४० हजार भारतीय रुपैयाँ रहेको छ।
Shares
प्रतिक्रिया