बाइक


टीभीएसको पहिलो विद्युतीय स्कुटर भारतमा सार्वजनिक

टीभीएसको पहिलो विद्युतीय स्कुटर भारतमा सार्वजनिक

नेपालखबर
माघ १२, २०७६ आइतबार ११:४८,

टीभीएस मोटरले पहिलो इलेक्ट्रिक स्कुटर ‘आइक्युब’ सार्वजनिक गरेको छ। टीभीएस मोटर्सले सिङ्गल चार्जमा ७५ किलोमिटर गुड्नसक्ने स्कुटर भारतमा सार्वजनिक गरेको हो।

कम्पनीले महिनामा १ हजार आइक्युब स्कुटर उत्पादन क्षमताको प्लान्ट बनाएको छ।

टीभीएस मोटर्सका अध्यक्ष भेनु श्रीनिवासनले भने, ‘टीभीएस मोटर्स ग्राहकलाई केन्द्रमा राखेर नयाँ सवारीको आविष्कार गर्छ। हाम्रो फोकस वातावरणमैत्री युवालक्षित उत्पादन हो ।’

फुल चार्ज हुन ५ घण्टा लाग्ने स्कुटर पावर ६ बीपीएच र १४० टर्क जेनेरेट गर्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार यसमा ४.५ किलोवाटको मोटर रहेका स्कुटरमा लिथियम आयन ब्याट्रीको प्रयोग गरिएको छ।

यसलाई २ वटा राइडिङ मोड इकोनोमिक र पावरमा चलाउन सकिन्छ। कम्पनीले यसको मूल्य भारतमा १ लाख १५ हजार निर्धारण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad