ad ad

बाइक


कावासाकी ‘निन्जा जेटएक्स–१४आर’ भारतमा बुकिङ सुरु

कावासाकी ‘निन्जा जेटएक्स–१४आर’  भारतमा  बुकिङ सुरु

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ११:२४,

कावासाकी निन्जा जेटएक्स–१४ आर २०२० मार्चदेखि भारतमा बिक्री सुरु हुने भएको छ।

१९ लाख ७० हजार भारु मुल्य रहेको बाइकको बुकिङ भारतीय डिलरहरुले लिन थालेका छन्। तर, अहिले सीमित बुकिङमात्र लिएको बताइएको छ।

एमवाई १९ मोडलको जेटएक्स–१४ आर बाइक १४ सय ४१ सिसी को हो जुन प्रतिघण्टा २९९ किमी कुद्छ। २२ लिटर फ्युल क्षमता भएको बाईक २६९ केजी रहेको छ।

फ्रन्ट टायर १२०÷७० जेटआर १७ र पछाडिको टायर १९०÷५० जेटआर १७ रहेको छ। १४ सय ४१ सीसीको इन्जिन भएको बाइक फोर स्ट्रोक, लिक्युड–कुल, १६ भल्भ डीओएचसी, इनलाइन–फोर रहेको छ।

कम्पनीले २०१२ मा सुरु गरेको यो मोडल जेटएक्स–१४ आर अन्तिम पुस्ता हुने बताइएको छ। यो बाईक स्पोर्ट बाइक सिरिज अन्तर्गतको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .