राजनीति


ठूला राष्ट्रको स्वार्थबाट नेपाललाई जोगाउनुपर्ने चुनौती थपियोः नेपाल

 ठूला राष्ट्रको स्वार्थबाट नेपाललाई जोगाउनुपर्ने चुनौती थपियोः नेपाल

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ११:१३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाइराख्नुपर्ने चुनौती थपिएको बताएका छन्।

हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै उनले भ्रमणको सफलतासँगै खतरा पनि बढेको बताएका हुन्।

सञ्चार केन्द्र नेपालले शनिबार राजधानीमा गरेको अन्तक्र्रियालाई सम्बोधन गर्र्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले सबै ठुला राष्ट्रका आ–आफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पूरा गर्ने माध्यम बन्नबाट आफूलाई जोगाइराख्नु मुख्य चुनौती भएको बताए। नेपालले पञ्चशीलताको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसँगको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए।

‘धेरै माया गर्यो भने खत्रै हुन्छजस्तो। सबैका आफ्ना आफ्ना हितहरु हुन्छन्। हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुन सक्दछन्’, उनले भने, ‘नेपाल यी सबै चिजबाट जोगिनुपर्छ। नेपालको स्वतन्त्रता, स्वाभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय हुनुपर्छ।’

उनले गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गरे। दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई उनले ‘चिची पनि पापा पनि’ को संज्ञा दिदै त्यस्तो सुविधा असंभव रहेको बताए। उनले भने, ‘दुईवटा नाउमा खुट्टा राख्ने मान्छे सागर गर्न सक्दैन। चिची पनि पापा पनि हुँदैन। राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस्। उद्देश्यमा क्लियर हुनुहोस्।’

 

नेता नेपालले पूँजी, सीप र प्रविधिको राम्रो प्रयोग गरेर मुलुकलाई आर्थिक रुपान्तरणको बाटोमा अग्रसर गराउनुपर्ने र त्यसका लागि बानी व्यवहारमा परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए। उनले नियम कानुनलाई खुकुलो बनाई लगानीमैत्री वातावरण श्रृजना गरि स्वदेशमै रोजगारीको अवसरहरु श्रृजना गर्नुपर्ने बताए।

 

विश्वका कतिपय राष्ट्रहरुको दृष्टान्त दिँदै उहाँले सरकारले गैरआवासीय नेपालीलाई सम्मान गर्दैे मुलुकको विकासका लागि उनीहरुको साथ र सहयोग लिनुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .