बागमती


दुर्घटनास्थलमा भेटियो भारतीय सेनाको कार्ड, लमजुङका युवक त्रिशूलीमा बेपत्ता

दुर्घटनास्थलमा भेटियो भारतीय सेनाको कार्ड, लमजुङका युवक त्रिशूलीमा बेपत्ता

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १२:४५, काठमाडौँ

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा त्रिशूली नदीमा बेपत्ता भएका मोटरसाइकल चालकको पहिचान खुलेको छ। मोटरसाइकल सडकको छेउको डिभाइडरमा ठोक्किएर त्रिशूली नदीमा पुगेका मोटरसाइकल चालकको पर्स भीरमा फेला परेपछि प्रारम्भिक अवस्थामा उनको पहिचान खुलेको हो। 

चितवन प्रहरीका अनुसार बेपत्ता चालकको पर्समा भेटिएको कागजातका अनुसार उनी भारतीय सेनामा कार्यरत 'गोर्खा राइफल म्यान' रहेको पुष्टि भएको छ। 

उनको पर्समा फेला परेको भारतीय र कार्डअनुसार उनी लम्जुङ घर भएका २७ वर्षीय रोहित राना हुन्। शुक्रबार (आज) बिहान ११ः३० बजेतिर नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चट्टाने भीर भन्ने स्थानबाट नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको मोटरसाइकल चालक राना सडकबाट अन्दाजी १५० मिटर तल त्रिशूली नदीमा खसेका हुन्। 

राना सवार बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक भने सडकमै रहेको प्रहरीले जनाएको छ। बेपत्ता उनको खोजीकार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad