बागमती


चितवनको दुईकिलोमा मोटरसाइकल दुर्घटना, चालक त्रिशूलीमा बेपत्ता

चितवनको दुईकिलोमा मोटरसाइकल दुर्घटना, चालक त्रिशूलीमा बेपत्ता

दुर्घटनामा परेको मोटरसाइकल र त्रिशुली नदी


नेपालखबर
फागुन २, २०८१ शुक्रबार १२:२५, काठमाडौँ

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूली नदीमा बेपत्ता भएका छन्। शुक्रबार (आज) बिहान ११ः३० बजेतिरको समयमा नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत पर्ने चट्टाने भीर (दुईकिलो) भन्ने स्थानमा  मोटरसाइकल दुर्घटना भएको हो।  

दुर्घटनामा परेका चालक सडकबाट करिब १५० मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।  

बेपत्ता व्यक्तिको पहिचान भने भएको छैन। यद्यपि, उनी सवार बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक भने सडकमै रहेको प्रहरीले जनाएको छ।

बाइक सडक छेउको डिभाइडरमा ठोक्किँदा मोटरसाइकल चालक उछिट्टिएर त्रिशूली नदीमा पुगेको अनुमान प्रहरीको छ। उनले बाइकको पछाडि बाँधेर राखेको झोलामा खोजतलास गर्दा पनि पहिचान हुने कुनै कागजात नभेटिएको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलनजिकै माछा मारिरहेका माझीहरूले सडकबाट मान्छे उछिट्टिएको देखेको बताएका छन्। सोही आधारमा सशस्त्रको गोताखोरको टोली, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोजी सुरु भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad