ad ad

बागमती


काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसबाट तल झर्‍यो

काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसबाट तल झर्‍यो

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस २८, २०८० शनिबार ७:३, काठमाडौँ

शुक्रबारको तुलनामा शनिबार (आज) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस देखिएको हो।

शुक्रबार सोही समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको थियो भने पछि बिहान ८:४५ बजे पुनः मापन गर्दा ५ डिग्री सेल्सियस देखिएको थियो। 

आज पनि बिहान ८:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पुनः मापन गरिनेछ। त्यतिबेला अहिलेको भन्दा केही घट्ने सम्भावना हुन्छ। 

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको मौसमविद् अर्यालले बताए। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।

आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहने देखिएको मौसमविद् अर्यालले जानकारी दिए। यसको अर्थ आकाशमा अलि अलि बादल लागे पनि आज उपत्यकामा घाम लाग्ने सम्भावना छ।  

देशभरका लागि- आजको मौसम पूर्वानुमान : हुस्सु र कुहिरोले तराईमा सडक र हवाई यातायात प्रभावित हुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .