ad ad

बागमती


चन्दा उठाएर विद्यार्थीलाई बाँडियो न्यानो कपडा

चन्दा उठाएर विद्यार्थीलाई बाँडियो न्यानो कपडा

न्यानो कपडा पाएपछि भृङ्गेश्वर माविका विद्यार्थी


रासस
पुस २१, २०८० शनिबार २०:३१, मन्थली (रामेछाप)

रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ मा स्थानीयले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन्।

स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन्। 

विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा सम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका प्रध्यानाध्यापक हरिश्चन्द्र महतले जानकारी दिए।

विद्यार्थीलाई ट्रयाक सुट, जुत्ता, मोजा, स्विटर र टोपी उपलब्ध गराइएको हो। 

‘विपन्न विद्यार्थीले विद्यालयको पोसाक खरिद गर्न सकेका थिएनन्, अहिले पोसाकमा एकरुपता आएको छ’, उनले भने।

प्रध्यानाध्यापक महतले रु पाँच हजार एक सय ११ चन्दा दिएर पोसाक अभियान नै थालेका थिए। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज तिमिल्सिनाका अनुसार लिखु तामाकोसी गाउँपालिकाका शिक्षा समिति सदस्य त्रिविक्रम महतले सबै विद्यार्थीलाई एक/एक थान ऊनीको टोपी उपलब्ध गराएका छन्। 

सो असरमा प्रध्यानाध्यापक महलते न्यानो कपडा उपलब्ध गराउन सहयोग गर्ने, विद्यालय व्यवस्थापन समितिका सदस्य, पूर्वविद्यार्थी, विद्यालयका शुभचिन्तक र शुभेच्छुकलाई धन्यवाद दिँदै उहाहरुको सामाजिक कार्यप्रति मुक्तकण्ठले प्रशंसा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .