ad ad

बागमती


काठमाडौँ उपत्यकामा आज यस वर्षअन्तर्गत अहिलेसम्मकै चिसो

काठमाडौँ उपत्यकामा आज यस वर्षअन्तर्गत अहिलेसम्मकै चिसो

नेपालखबर
पुस २०, २०८० शुक्रबार ७:९, काठमाडौँ

काठमाडौँ उपत्यकामा यस वर्षअन्तर्गत आज (शुक्रबार) अहिलेसम्मकै चिसो भएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस देखिएको हो।

‘यो उपत्यकाका लागि यस हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो’, उनले भनिन्, ‘अझै घट्ने सम्भावना छ।’

मौसमविद् मानन्धरले आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीसम्म रहने अनुमान गरिएको बताइन्। 

उपत्यकाको अधिकत तापक्रम पनि केही दिनयता ओरालो लागिरहेको छ। 

महाशाखाको विवरणअनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस थियो। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

मौसमविद् मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने सम्भावना छ। यसको अर्थ आकाशमा अलि अलि बादल देखिए पनि घाम लाग्छ।

देशभरका लागि : आजको मौसम : उच्च भूभागमा हिमपातको सम्भावना, तराई/मधेशमा हुस्सु र कुहिरो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .