काठमाडौँ उपत्यकामा दिनप्रतिदिन चिसो बढ्दै गएको छ।
मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार काठमाडौँ उपत्यकाको तापक्रम दिनदिनै ओरालो लागिरहेको हो।
यसै क्रममा बुधबारको तुलनामा बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तथा अधिकतम तापक्रम घटेको छ।
महाशाखाको विवरणअनुसार बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस रहेकामा बिहीबार (आज) घटेर ४.५ डिग्री सेल्सियसमा झरेको हो।
यसैगरी बुधबार उपत्यकाको अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेकामा आज घटेर १७.२ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार तापक्रम घट्नु भनेको चिसो बढ्नु हो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।
Shares
प्रतिक्रिया