ad ad

बागमती


काठमाडौँको न्यूनतम तापक्रम बढ्यो

काठमाडौँको न्यूनतम तापक्रम बढ्यो

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
पुस ९, २०८० सोमबार ६:४१, काठमाडौँ

आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (आइतबार) को तुलनामा केही बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार बिहान ६:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको हो।

यो हिजोको भन्दा १.१ डिग्री सेल्सियस बढी हो। हिजो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस थियो। 

यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउने मौसमविद्ले बताएका छन्। तर त्यतिबेला अहिलेको भन्दा थोरै मात्र घट्ने सम्भावना हुन्छ। 

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने राति आकाश खुला भयो भने बिहान न्यूनतम तापक्रम घट्छ।  

यतिबेला काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्।

काठमाडौँ उपत्यकामा बिहान केही बेर हुस्सु लाग्ने तर घामसँगै यो हट्दै जाने उनको भनाइ छ। 

‘आज दिउँसो पनि काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान छ’, मौसमविद् नगरकोटीले भनिन्। यसको अर्थ आकाशमा अलि अलि बादल देखिए पनि घाम लाग्छ। 

यो पनि-  आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने, तराईमा हुस्सु र कुहिरो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .