ad ad

बागमती


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्यो, चिसो बढ्यो

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्यो, चिसो बढ्यो

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस ८, २०८० आइतबार ६:५६, काठमाडौँ

काठमाडौँ उपत्यकामा हिजो (शनिबार) को तुलनामा आज (आइतबार) बिहानीपख चिसो केही बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बिहान ६:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो। हिजो (शनिबार) उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको थियो। 

मौसमविद् लामिछानेका अनुसार आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यसबेला अहिले बिहानको भन्दा केही प्वइन्ट घट्ने सम्भावना हुन्छ। 

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको मौसमविद् लामिछानेले बताए। 

अहिले बिहानीपख काठमाडौँ उपत्यकामा हल्का हुस्सु लागे पनि घाम लागेसँगै क्रमशः हट्दै जाने उनको भनाइ छ। 

‘आज दिउँसो उपत्यकामा घाम लाग्छ, बीचबीचमा बादल पनि देखिन सक्छ’, मौसमविद् लामिछानेले भने।

देशभरका लागिकोशी र गण्डकीका उच्च भू-भागमा हिमपातको सम्भावना, चिसो अझ बढ्ने 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .