हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।
जसको प्रभावस्वरुपमा देशका पहाडी भू-भागमा यतिबेला आंशिक बदलीको अवस्था छ।
आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने छ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा आज दिउँसो हल्का हिमपातकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
अहिले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्नको लागि आवश्यक उपाय अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।
42
Shares
प्रतिक्रिया