ad ad

बागमती


मकवानपुरमा अटो दुर्घटना : एकै परिवारका तीन सहित पाँच घाइते, एक गम्भीर

मकवानपुरमा अटो दुर्घटना : एकै परिवारका तीन सहित पाँच घाइते, एक गम्भीर

सांकेतिक तस्बिर


नेपालखबर
मंसिर २०, २०८० बुधबार १७:२०, मकवानपुर

मकवानपुरको बकैया गाउँपालिकामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। हेटौँडा-सिन्धुली सडकखण्ड अन्तर्गत बकैया-४, पाङदुरेमा बुधबार अटो दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रकाश साहले बताए।

बुधबार दिउँसो बकैयाको हात्तीसुँडेबाट जुरेलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ह ३३९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनाका घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्यको मध्यम रहेको प्रहरी निरीक्षक साहले बताए।

गम्भीर घाइते हुनेमा बकैया-३, जीतदमारका १२ वर्षीय सृजल जिम्बा हुन्। दुर्घटनाका कारण जिम्बाको पेटमा गहिरो चोट लागेको छ।

दुर्घटनामा जिम्बाका बुबा ३४ वर्षीय देवलाल जिम्बा र आमा ३१ वर्षीया ठूलीमाया मध्यम घाइते भएका छन्। यस्तै, अन्य घाइतेमा बकैया-४ की २६ वर्षीया सुनिमाया भ्लोन र बकैया-५ का १२ वर्षीय युदिर बोगटी हुन्। घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .