बागमती


साढे ३९ हजार मतान्तरले उछिन्दै चितवन-२ मा रवि लामिछाने तेस्रोपटक विजयी

साढे ३९ हजार मतान्तरले उछिन्दै चितवन-२ मा रवि लामिछाने तेस्रोपटक विजयी

नेपालखबर
फागुन २३, २०८२ शनिबार ७:५७, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। 

योसमेत उनी त्यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन्। 

निर्वाचन आयोगका अनुसार लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्।

लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले हराएका हुन्।

यसअघि रवि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि भारी मतले विजयी भएका थिए भने नागरिकता प्रकरणका कारण पद गएपछि २०८० मा पुन: भएको उपनिर्वाचन पनि उनले झन् बढी भोट ल्याएर जितेका थिए। 

यसपटकको चुनावमा एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad