बागमती


बागमतीको कार्यवाहक मुख्यमन्त्री बने श्रेष्ठ

बागमतीको कार्यवाहक मुख्यमन्त्री बने श्रेष्ठ

नेपालखबर
माघ २९, २०८१ मंगलबार १९:२, मकवानपुर

बागमती प्रदेशका कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले पाएका छन्। मुख्यमन्त्री बहादुरसिंह लामा केही दिनका लागि यूनाइटेड अरब इमिरेट्स (यूएई) जान लागेकाले कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो। 

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री लामाको सिफारिसअनुसार मन्त्री श्रेष्ठलाई माघ ३० गतेदेखि मुख्यमन्त्री  नआउञ्जेलसम्मका लागि कार्यवाहक मुख्यमन्त्री तोक्ने निर्णय गरेका हुन्। मुख्यमन्त्री लामा यूएईमा आयोजना हुने ‘वल्ड गभरर्मेन्ट समिट– २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय विकास र सुशासनसम्बन्धी विभिन्न विषयमा छलफल गर्न जाँदैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad