सूर्य नेपाल प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौँमा डेंगी नियन्त्रण तथा जनचेतना अभियान सुरु गरेको छ।
डेंगीविरुद्ध सचेतना अभियान आज (शनिबार) काठमाडौँ महानगरपालिका-१६ नम्बर वडाबाट आरम्भ गरिएको सूर्य नेपाल प्रालिले जानकारी दिएको छ।

अभियानअन्तर्गत डेंगी रोगबारे जनचेतना फैलाउने, लामखुट्टे नियन्त्रणसम्बन्धी जानकारी दिने र लामखुट्टे तथा त्यसका लार्भा नष्ट गर्न धुवाँ लगाउने काम गरिनेछन्।
कम्पनीका उपमहाप्रबन्धक प्रेम अर्यालका अनुसार यो अभियान स्थानीय तहसँगको समन्वयमा अन्य क्षेत्रमा पनि सञ्चचालन गरिनेछ।

सूर्य नेपाल प्रालिले ‘आशा’, ‘प्रकृति’, ‘आधारशिला’ र ‘गाथा’ स्तम्भअन्तर्गत शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सिपमूलक तालिम, वातावरण संरक्षण, स्थानीय पूर्वाधार निर्माण तथा नेपाली कला, साहित्य र संस्कृति संरक्षणका क्षेत्रमा आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
Shares

प्रतिक्रिया