बागमती


काठमाडौँ महानगरपालिकाले १५ हजार विद्यार्थीको रगत परीक्षण गर्ने

काठमाडौँ महानगरपालिकाले १५ हजार विद्यार्थीको रगत परीक्षण गर्ने

नेपालखबर
चैत २९, २०८२ आइतबार ५:१२, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको समूह परीक्षण गर्ने भएको छ।

कक्षा ६ देखि १० सम्म पढ्ने करिब १५ हजार विद्यार्थीको रगतको समूह पत्ता लगाउन रगत परीक्षण गर्ने भएको महानगरका मेडिकल अधिकृत डा दिवस न्यौपानेले जानकारी दिए।

उनले विद्यार्थीको रगतको समूह पत्ता लागेपछि विपद्का बेला रगत खोज्न सजिलो हुने बताए।

उनले भने, 'ती विद्यार्थीको रगत समूह पत्ता लागेपछि विपद्को बेला काम लाग्न सक्छ।'

ती विद्यार्थीको रक्तदाताको रुपमा तथ्याङ्क राख्ने र आवश्यक परेको बेला बोलाउन सक्ने उहाँले बताए।

महानगरपालिकाले वैशाखमा नयाँ भर्ना खुलेसँगै विद्यालयमै गएर रगत सङ्कलन गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad