बागमती


लागुऔषध सेवन गरी सवारी चलाउने १२ चालक नियन्त्रणमा

लागुऔषध सेवन गरी सवारी चलाउने १२ चालक नियन्त्रणमा

नेपालखबर
चैत २३, २०८२ सोमबार २१:४९, हेटौँडा

मकवानपुर प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’ अन्तर्गत लागुऔषध सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई नियन्त्रणमा लिएको छ।

सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले मनहरी गाउँपालिका अन्तर्गत विभिन्न सडक खण्डमा गरेको आकस्मिक चेकजाँचका क्रममा ६५ वटा सवारी साधन परीक्षण गरिएको थियो।

सो क्रममा १२ जना चालकले लागुऔषध सेवन ९लापसे० गरी सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लागुऔषध सेवन गरी सवारी साधन सञ्चालन गर्नुले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी पुष्कर बोगटीले जानकारी दिए।

उनका अनुसार सडक सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता चेकजाँचलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने जनाएको छ।

सवारी चालकलाई लागुऔषध सेवन नगरी जिम्मेवार र सुरक्षित तरिकाले सवारी चलाउन समेत मकवानपुर प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad