बागमती


मध्याह्न १२:३० सम्म चितवनमा ३३ प्रतिशत मत खस्यो

मध्याह्न १२:३० सम्म चितवनमा ३३ प्रतिशत मत खस्यो

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १२:४६, काठमाडौँ

तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा ३३ प्रतिशत मत खसेको छ।

मध्याह्न १२ः३० सम्ममा कुल मतको ३३ प्रतिशत मत खसेको चितवनका निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए।

उनका अनुसार चितवनमा १ लाख ४३ हजार मत खसेको छ। तीन निर्वाचन क्षेत्र रहेको चितवनमा कुल मतदाता ४ लाख ४२ हजार ८२ छन्।

जिल्लाभर १६२ मतदान स्थलमा ४९२ मतदान केन्द्र छन्। सबै केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad