मकवानपुरमा ३० प्रतिशत मतदान सम्पन्न भएको छ।
बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा १२ः१५ बजेसम्म ३० प्रतिशत हाराहारी मतदान सम्पन्न भएको छ।
प्रदेश निर्वाचन कार्यालय हेटौँडा, बागमतीका प्रमुख निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार १२ः१५ बजेसम्म ३० प्रतिशत हाराहारीमा मतदान भएको छ। जिल्लाभर निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको ढकालले जानकारी दिए।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र मकवानपुर–१ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्रमार्फत एक लाख ५८ हजार ४३४ मतदाताले मतदान गर्नेछन्।
त्यस्तै मकवानपुर–२ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्रमार्फत एक लाख ५६ हजार ८९९ मतदाता सहभागी हुनेछन्।
तस्बिरहरू








162
Shares

प्रतिक्रिया