बागमती


प्रदेशबाट राजीनामा दिएर एउटै क्षेत्रमा भिड्दै श्रेष्ठ र मानन्धर

प्रदेशबाट राजीनामा दिएर एउटै क्षेत्रमा भिड्दै श्रेष्ठ र मानन्धर

सुनिता विष्ट
माघ ७, २०८२ बुधबार २०:५७, हेटौँडा

बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिएका दुईजना एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्।

काठमाडौँ ७ बाट नेकपा एमालेका प्रकाश श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार वसन्त प्रसाद मानन्धर एउटै निर्वाचन क्षेत्रको उम्मेदवार बनेका हुन्। 

२०७९ को निर्वाचनमा श्रेष्ठ एमालेबाट काठमाडौँ प्रदेश सभा निर्वाचन क्षेत्र २(७) बाट उम्मेदवार बनेका थिए भने मानन्धर तत्कालीन नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा निर्वाचन क्षेत्र १(७) को उम्मेदवार बनेका थिए। निर्वाचित भएर प्रदेश सांसद बनेका दुवैजनाले गत सोमबार राजीनामा दिएका थिए। 

श्रेष्ठ बागमती प्रदेश सभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। उनले यो अवधिमा दुईवटा मन्त्रालयको मन्त्री बने। प्रदेश सभाबाट राजीनामा दिएका दुवैजना एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

२०७९ को निर्वाचनमा काठमाडौँ–७ रास्वपाका गणेश पराजुली विजयी भएका थिए। पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवार शिवकुमार घिमिरेले ६ हजार ८ सय मत मात्रै प्राप्त गरेका थिए। 

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा लागि पनि पराजुलीले उम्मेदवारी दर्ता गराएका छन्। एमालेका श्रेष्ठ र नेकपाका मानन्धर सहित नेपाली कांग्रेसबाट प्रमोदहरी गुरागाईँले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad