बागमती


काठमाडौँ : घट्यो तापक्रम, बढ्यो चिसो

काठमाडौँ : घट्यो तापक्रम, बढ्यो चिसो

नेपालखबर
पुस १, २०८२ मंगलबार ६:३५, काठमाडौँ

सोमबारको तुलनामा मंगलबार (आज) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। यसको अर्थ हिजोको तुलनामा आज बिहान चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो। हिजो यो समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस थियो।

यद्यपि पछि बिहान ८:४५ बजे घटेर हिजो उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस कायम भएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि यही समयमा फेरि मापन गरिन्छ। त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।  

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

हिजो सोमबार यस्तो थियो काठमाडौँसहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad