राजनीति


निर्वाचनका लागि दल दर्ता गराउने समय आज र भोलि मात्र

निर्वाचनका लागि दल दर्ता गराउने समय आज र भोलि मात्र

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १०:२८, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज (मंगलबार) समेत २ दिन मात्र बाँकी छ। 

निर्वाचन आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईका अनुसार अब निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आज मंसिर ९ र भोलि १० गतेसम्म मात्र दर्ता हुन पाउनेछन्। 

निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ। 

‘निर्वाचन प्रयोजनका लागि हिजो (सोमबार) बेलुकीसम्म ६४ दल दर्ता भएका छन्’, प्रवक्ता भट्टराईले मंगलबार बिहान नेपालखबरसँग भने, ‘अब दल दर्ता गराउने समय आज र भोलि मात्र बाँकी छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad