सडकै ढाकेर ट्रक पल्टिँदा बन्द भएको कान्ति लोकपथ ७ घण्टापछि खुलेको छ।
बाराबाट परालको भुस बोकेर काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनीट्रक शुक्रबार (आज) बिहान ४:४५ बजेतिर मकवानपुरको बकैया गाउँपालिका-११, लेनडाँडानजिक पल्टिँदा कान्ति लोकपथमा यातायात बन्द भएको थियो।
पल्टिएको ट्रक क्रेनको सहायताले हटाउन ७ घण्टा लागेको र अहिले सडकमा सवारीसाधन आवागमन सुरु भइसकेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
सडकका खाल्डाखुल्डीमा चिप्लिएर अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
यो जानकारी पाएपछि अस्थायी प्रहरी चौकी जितपुरभज्याङबाट प्रहरी निरीक्षक सुरेन्द्र दराईको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।
टोलीले क्रेन मगाई ट्रकलाई पन्छाएपछि आवागमन पुनः सञ्चालन भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परेको ट्रकमा सामान्य क्षति पुगेको छ। मानवीय क्षति भएको छैन।
Shares

प्रतिक्रिया