बागमती


थानकोट डिपोको नाममा पेट्रोल बिक्री, चालकसहित ४ जना पक्राउ

थानकोट डिपोको नाममा पेट्रोल बिक्री, चालकसहित ४ जना पक्राउ

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार २२:२, हेटौँडा

नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गर्ने क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार  आइतबार साँझ करिब ४:३० बजे नेपाल आयल निगम अम्लेखगञ्ज डिपोबाट थानकोट, काठमाडौं तर्फ जाँदै गरेको ना४ख ९३७७ नम्बरको ट्याङ्करबाट पेट्रोल अवैध रूपमा झिक्ने कार्य भइरहेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

उक्त ट्याङ्कर मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेन्टर प्रा।लि। मा पुगेर पेट्रोल झिक्ने काम भइरहेको बेला प्रहरी टोली पुगेको थियो।

प्रहरीका अनुसार ट्याङ्कर चालकसहित पेट्रोल पम्पमा कार्यरत तीन जना लाई नियन्त्रणमा लिइएको छ। उनीहरूविरुद्ध थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad